२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा २ सय २१ मतदाताको परिचय पत्र फोटो बिहिन

११ कार्तिक २०७४, शनिबार ११:५९

टेक शाही/कात्तिक ११, डोल्पा । डोल्पा जिल्लामा २ सय २१ जना मतदाताको परिचय पत्रमा फोटो छैन । 

स्थानिय निर्वाचन भन्दा पछिल्लो समयमा थप मतदाताको नामावलि आएको तर फोटो नआएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

दुइवटा निर्वाचन क्षेत्र प्रदेश रहेको यस जिल्लामा प्रदेश नं. “क” बाट १ सय ८९ जना र प्रदेश नं. “ख”बाट ३२ जना मतदाताको फोटो बिहिन परिचय पत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाको प्राबिधिक त्रूटिका कारण यस्तो समस्या आएको जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरिले जानकारि दिए । उनले भने जिल्लाको कार्यालयमा रहेका कम्प्यूटरको समस्याले गर्दा यस्तो समस्या भएको हो मतदाताले भोट हाल्न पाउने  उनले बताए ।

मतदाता परिचय पत्रमा फोटो नभएका मतदाताले भने भोट हाल्न पाउने भएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनका अनुसार फोटो नभएका मतदाताले नागरिक्ता,लाइसनस,लालपूर्जा जस्ता परिचय खुल्ने कुनै पनि कागजातहरु मतदान स्थलमा ल्याएर आउनु पर्ने बताए । 

डोल्पा जिल्लामा १८ हजार ९ सय ८९ मतदाता सँख्या रहेको छ । प्रदेश नं. “क”मा ३० वटा वडा ३० वटै मतदान केन्द्रका साथै ८ हजार २ सय ५० मतदाता रहेका छन । त्यसै गरि प्रदेश नं. “ख”मा ३५ वटा वडा र ३६ वटा मतदान केन्द्रका साथै १० हजार ७ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्लामा निर्वाचन निश्पक्ष स्वतन्त्र एबम धाँदली रहित हुनेमा मतदातालाइ ढुक्क हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध गरेको छ । कुल ६५वटा मतदान केन्द्र रहेको डोल्पामा सबै ठाउमा शान्तपूर्ण रुपमा निर्वाचन हुने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बिश्वास ब्यक्त गरे । 


निर्वाचानका बेलामा मतदान केन्द्रमा जाने कर्मचारिले कुनै पनि दलको पक्ष वा बिपक्षमा काम गरेको फेला परेमा प्रमाण सहित जिल्लामा पेश गर्न अनुरोध गर्दै कारवाहि गरेर त्यस्ता कर्मचारिको जागिर समेत खोसिने मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले बताए । उनले भने कर्मचारि स्वतन्त्र भए निर्वाचन शान्तीपूर्ण र धाँदली रहित हुन्छ । 

मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसाभाको निर्वाचनमा जिल्लाबाट जति जना प्रत्यक्ष उम्मेद्धार छनन त्यति जनाको मात्र निर्वाचन चिन्ह् भएको मतपत्र आउने कुरा निर्वाचन कार्यालयले राजनितिक दाललाइ जानकारि दिएको छ । निर्वाचन कार्यालयले भनेको छ सबै राजनितिक दलले आचरसँह्तिा पालाना गर्नु होला नत्र उम्मेद्धारी पनि खोसिन सक्छ ।  

दुइवटा मतपत्रमा मतदाताले भोट हाल्नु पर्ने भएकोले मतदाता शिक्षालाइ बिशेष जोड दिनु पर्ने जिल्लाका सबै राजनितिक दलले आग्रह गरेका छन । मँसिर १० गते मतदान सम्पन्न भए पनि मतगणना भने २१ गते साँझ ५ बजे पछि मात्र हुने भएको छ । 

पछिल्लो चरणको निर्वाचन सकिए पछि मात्र पहिलो चरणको मतगणना हुने मूख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारि दिए । उनले भने सबै मतपेटिका जिल्ला अदालतमा जम्मा हुने र राजनितिक दलको उपस्थितिमा मुचुल्का गरेर लाहछाप गरि सिलबन्दी गरिने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य