2026-07-03 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन जाँदैछन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया

2017-11-03

कात्तिक १७, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जान लाग्नु भएको छ । 

उहाँले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लाग्नु भएको बताइएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिवीरको भ्रमणमा पनि उहाँ जान लाग्नु भएको बताइएको छ । 

ब्ल्यु हाउसमा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहनुहुने बताइएको छ । सो सभामा राष्ट्रपतिको सम्बोधन हुने छ । यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको सहभागिता रहने बताइएको छ । 

सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ । 

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन । उहाँले कोरियाको संसद बैठकलाई पनि सम्बोधन गर्नुहुने भएको समाचारमा जनाइएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक