२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ७५ हजार मतपत्र सहित निर्वाचनका सबै सामाग्रीहरु पुगे

२३ कार्तिक २०७४, बिहीबार १२:४२

टेक शाही/कात्तिक २३, डोल्पा । डोल्पा जिल्लामा निर्वाचनका सबै सामाग्रीहरु आइ पुगेका छन । 

७५ हजार पतपत्र र १ सय २० थप मतपेटिका जिल्लामा पगेको निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकारि नवराज पौडेलले जानकारि दिए । उनका अनुसार मतपत्र र मतपेटिका लागायत निर्वाचनका अन्य सम्पूर्ण सामाग्रीहरु जिल्लामा पुगि मँगलबार पुगि सकेको बताए ।


नेपाली सेनाको हेलिकप्टर मार्फत मँगलबार बेलुकी सम्म डोल्पा जिल्लाका लागि निर्वाचनका लागि आबस्यक पर्ने सम्पूर्ण सामाग्रीहरु प्रयाइएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने मतदानका लागि आवजास्यक पर्ने सबै सामाग्रीहरु जिल्लामा पुगेको र प्रचारप्रशारका सामाग्रीहरु थप भएमा मात्र पछि आउने जानकारि दिए । 

डोल्पा जिल्लामा ६५ वडा र ६६ वटा मतदान केन्द्र रहेका छन । प्रत्येक मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिक गरि कम्तीमा ३ वटा मतपेटिका रहने जिल्ला निर्वाचन कार्यालयका क्म्प्यूटर प्राबिधिक सुमन राइले जनकारि दिए । उनका अनुसार १ सय २० वटा मतपेटिका यस पटक थप गरिएको र बाँकी पतपेटिका २०७० र २०७३ को स्थानिय निर्वाचनमा प्रयोग भएका मतपेटिका प्रयोग हुने बताए । 


एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन । कुल १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पा जिल्लामा पदेश निर्वाचन “क”मा ३० वटा बडा र ३० वटै मतदान केन्द्र रहेका छन भने ८ हजार २ सय ५० मतदाता रहेका छन । त्यसै गरि निर्वाचन प्रदेश “ख”मा ३५ वडा र ३६ वटा मतदान केन्द्र रहेका छन भने १० हजार ७ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

निर्वाचनका लागि आएका निर्वाचन सामाग्रीहरुमा ७५ हजार मतपत्र मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा पहरामा राखिएको र अन्य पतपेटिका साथै अन्य सामाग्रीहरु निर्वाचन कार्यालयमा सुरक्षाका साथ राखिएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने अब दैनिक निर्वाचनका काम अधि बढिरहेको र कुनै पनि कसुर नराखी निर्वाचनका कम गरिने बताए । 

निर्वाचनका दिन दैनिक नजिकीदै गर्दा जिल्लामा निर्वाचनका कुनै पनि काम भएका भने छैनन । निर्वाचन शिक्षा कार्यकर्तालाइ समेत प्रशिक्षण दिइएको छैन । निर्वाचन शिक्षा कार्यकर्ताहरु नै परिचालित नभए पछि मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाको मत कसरी गर्ने भन्ने बारे  कुनै पनि जानकारि नपाएको मतदाताहरु बताउछन । 


यता निर्वाचन कार्यालयले गएको १४ गते निर्वाचन शिक्षा कार्यकर्तालाइ प्रशिक्षण दिएर गाँउगाँउ पठाउने भने पनि बिभिन्न कारणले केहि दिन त्यस्ता कुनै पनि काम गर्न नँसकिएको जानाएको छ । 

डोल्पामा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ भन्दा पनि समानुपातिक तर्फको मतपत्रमा मतदाता अन्योलमा पर्ने धेरै नागरिकको ठम्मयाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य