२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा वाम गठबन्धनको चुनावी अभियान: धुवाँ धुलोमुक्त काठमाडौँको माग

२०७४, २४ कार्तिक शुक्रबार १६:३६

रमेश लम्साल | कात्तिक २४, काठमाडौँ (रासस) | राजधानीलाई समुन्नत, सुन्दर र शान्त बनाउने लक्ष्यका साथ वाम गठबन्धनले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडि बढाए । 

पार्टी एकताको लक्ष्यसहित चुनावी अभियानमा केन्द्रित भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा घरदैलो तथा आन्तरिक भेटघाटका काममा तीव्रता दिएका हुन् । 

‘कम्युनिष्टको नेतृत्वमा समृद्धि, कम्युनिष्टकै नेतृत्वमा प्रगति’ भन्ने नाराका साथ गठबन्धनले चुनावी अभियान तीव्र पारेको नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव तथा काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

काठमाडौँ क्षेत्र नं ५ मा वाम गठबन्धनका साझा उम्मेदवार एवं एमालेका महासचिव ईश्वर पोखरेलले आज काठमाडौँ महानगरपालिका वडा नं २, ४ र ५ मा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं ५ प्रदेश क्षेत्र नं १ का उम्मेदवार नारायण सिलवालसँगै घरदैलोमा रहनुभएका उहाँले स्थानीयसँग वाम गठन्धनलाई मत माग्दै अघिल्ला दुईवटा निर्वाचनमा जनताले आफूलाई सजाय दिएको र त्यो सजाय स्वयं जनताले पनि पाएको भन्दै यसपटक क्षेत्रको विकास र देशको निकासका लागि अनुरोध गर्नुभयो । 

उहाँले आफू काठमाडौँ क्षेत्र नं ५ को विकासमा बढी केन्द्रित रहेको र यस क्षेत्रको सम्पूर्ण भूगोलबारे आफू परिचित रहेको भन्दै वाम गठबन्धनलाई विजयी गराएर स्थिर सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

यस्तैगरी, काठमाडौँ क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार राजन भट्टराईले आज चुच्चेपाटी, गोपीकृष्ण हल लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्नुभयो । स्थानीयवासीले लामो समयदेखि मेलम्ची खानेपानी आयोजनाले सडक खनेर मर्मत नगर्दा आफूहरु समस्यामा परेको भन्दै तत्काल धुलो नियन्त्रण गर्न उम्मेदवार भट्टराईसँग माग गरेका थिए । 

यस्तै, काठमाडौँ क्षेत्र नं ६ मा गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले आज गाँेगबु र तारकेश्वर नगरपालिकाको वडा नं १, २ र ३ मा घरदैलो, जनभेटघाट कार्यक्रममा सहभागी हुनुभयो । उहाँले प्रगति र समृद्धिका लागि वामपन्थी गठबन्धन बनेको भन्दै नेपाली काँग्रेसले अधिनायकवादको हौवा फिँजाएर आफ्नो कमजोरी छोप्ने प्रपञ्च गरेको बताउनुभयो । 

काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार रामवीर मानन्धर, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ पनि एकीकृतरुपमा आज घरदैलो अभियानमा सहभागी हुनुभयो । क्षेत्र नं ८ को डल्लुमा आज एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सरिता महर्जनलगायतको उपस्थितिमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गरियो । 

काठमाडौँ क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्य आज कीर्तिपुरको पाँगामा आयोजित उम्मेदवार परिचय तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभयो । 

कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताको सहभागिता रहेको थियो । उता काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा आज अनामनगर, बुद्धनगरलगायतका स्थानमा घरदैलो तथा भेटघाटमा सहभागी हुनुभयो । 

यस्तै, काठमाडौँ क्षेत्र नं १ अन्तर्गत प्रदेश नं १ का उम्मेदवार विष्णुकुमारी भुसाललगायतका नेता तथा कार्यकर्तासमेत घरदैलोमा सहभागी हुनुहुन्थ्यो । उता काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपाल आन्तरिक तयारीमा व्यस्त रहनुभएको छ । 

यसैबीच, ललितपुर क्षेत्र नं ३ मा पनि सो क्षेत्रका उम्मेदवार पम्फा भुसालले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । 

वाम गठबन्धनकी साझा उम्मेदवार भुसाल आज आन्तरिक तयारीका साथै मंगलबजार क्षेत्रमा घरदैलो गर्नुभयो । ललितपुरमा चुनाव प्रचारकै लागि एमाले, माओवादी केन्द्र र अन्य वाम शक्तिका बीचमा एक हजार १११ सदस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । 

संयुक्त निर्वाचन परिचालन समिति, ललितपुरले आज ललितपुर महानगरका विभिन्न क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिनुभयो । 

ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरको वडा नं १, २, ३, ४, १० १८, २०, २१ २२ र २५ गरी १० वटा वडा रहेका छन् । घरदैलोका क्रममा मतदाताले उम्मेदवारलाई स्थिर सरकारको निर्माण, शान्ति सुव्यवस्था, बेरोजगारी समस्याको अन्त्य, धुलो र धुवाँमुक्त शहरको माग गरेका थिए । 

यस्तै, मतदाताले विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको भन्दै वाम गठबन्धनले जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्नसमेत ध्यानाकर्षण गराएका थिए । 

मेलम्ची खानेपानी आयोजनाले सडक खनेर अलपत्र पारेका कारण जनजीवन प्रभावित भएको, महँगी बढेकोजस्ता विषयमा समेत मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराएको घरदैलोमा सहभागी नेता तथा कार्यकर्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो