कात्तिक २६, काठमाडौँ (रासस) | ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

आज प्रधानमन्त्री एवं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २६, काठमाडौँ (रासस) | ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

आज प्रधानमन्त्री एवं"/>

2026-07-03 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला काँग्रेसमा प्रवेश


कात्तिक २६, काठमाडौँ (रासस) | ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो । 

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो । 

“सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने काँग्रेस मात्रै हो”– कोइरालाले पार्टी प्रवेश पछि भन्नुभयो, “लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।” 

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउनुभयो । उहाँले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गर्नुभएको छ । 

“म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको काँग्रेसलाई मतदान गर्न अपिल गर्दछु,” उहाँले भन्नुभयो । 

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले काँग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउनुहुन्छ । 

“अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार काँग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ”– उहाँले भन्नुभयो, “त्यसैले संविधान कार्यान्वयनको चुनौतिपूर्ण अहिलेका अवस्थामा काँग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक