2026-07-03 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो’ (भिडियो सहित)

कात्तिक २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

बुधबार श्रेष्ठलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर प्रचण्ड गोरखाको भच्चेक पुगेका प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रचण्डको भाषण जस्ताको तस्तै: 

म भर्खरै चितवनबाट आएँ, बिहान ११ बजेसम्म भरतपुरमा थिएँ । नयाँ शक्तिमा गएका धेरै साथीहरु र्फकने क्रम छ । देवेन्द्र पौडेलको नेतृत्वमा करिव-करिव सबै माओवादी फर्किए भन्दा पनि हुन्छ । आज बिहान मात्रै चितवनमा नयाँ शक्तिका बाँकी तीन दर्जन साथीहरुलाई टीको लगाएँ । उहाँहरुले भन्नुभो, सकियो नयाँ शक्ति ।

मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएर पनि आउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई ।

तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।

म यो मञ्चबाट बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।

मलाई बढो पीर परेको छ । म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस्, उम्मेदवार छोडर आउनुस्, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।

तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो । अघि केपी ओलीजीले तल कता रछ्यानमा हुन्छ तपाईको ठाउँ भन्नुभयो । मलाई पनि लाग्छ कि कांग्रेसमै गए पनि तपाईलाई ठूलो नेता मान्दैनन् । अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन् ।

मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।

तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन । हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्‍यौं । अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ । बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला । तर, उहाँको बुद्धि त पुगेन । कांग्रेससँग गठबन्धन गर्न पुग्नुभयो ।

बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन । म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ? देशभरि त हास्य पात्र भइसक्नुभएको छ । नयाँ शक्ति बनाएर के के न गर्छु, दिल्लीको जस्तो केजरीवाल हुन्छ भन्ने ठान्नुभएको थियो । नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ? मेरो पुरानो सहयोद्धा यति धेरै पर किन गएको होला भन्ने मलाई चिन्ता छ ।

माओवादी पार्टीको यहाँ जबरजस्त संगठन छ । गोरखाली जनता २/४ पैसामा बिक्ने वाला पनि छैनन् । यदि तपाईलाई २/४ पैसा जम्मा गरेको छु, बाँड्छु र जित्छु भन्ने लागेको छ भने यो भ्रम हो । त्यो सपनाबाट ब्यूँझिनुस्, त्यसैमा तपाईको कल्याण छ । उम्मेदवारी छाडेर माओवादीमा आउनुभयो भने कसरी सम्बोधन गर्नुपर्छ हामीलाई थाहा छ ।

तर, यदि त्यसका लागि तपाई तयार हुनुभन्न भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला । मेरो पुरानो मित्र हुनाले अझै सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं । होइन भने त्यसको परिणाम कांग्रेसमा गएर पनि सुख पाउनुहुन्न ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण