२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा गठबन्धनसँग काँग्रेस र नयाँशक्ति भिड्दै, कसले मार्ला बाजी ?

२०७४, ३० कार्तिक बिहीबार १२:३७

टेक शाही/कात्तिक ३०, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि डोल्पाबाट तिनवटा पार्टि चुनावी मैदानमा उत्रिएका छन । 

बाम गठबन्धनसँग नेपाली काँग्रेस र नयाँ शक्ति नेपाल चुनावी मैदानमा उभिएका छन । १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पामा गठबन्धनको जित भन्नेहरुको कमि भने छैन ।

बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार धन बहादुर बुढा प्रतिनिधिसभाका उम्मेद्धार हुन भने नेपाली काँग्रेसका तर्फबाट अँगद कुमार बुढा प्रतिनिधिसभाका उम्मेद्धार हुन तर नयाँशक्तिको भने प्रतिनिधिसभा उम्मेद्धार छैन । 

धन बहादुर बुढा निर्वतमान साँसद हुन भने अँगद कुमार बुढा नेपाली काँग्रेस जिल्ला सभापति हुन । प्रदेश निर्वाचन क्षेत्र न “क” मा बाम गठबन्धनका तर्फबाट एमालेका नन्दसिँह बुढा र नेपाली काँग्रेसका बेगमसिँह ठकुरी चुनावी मैदान छन । यि दुबै जनामा उम्मेद्धार नयाँ अनुहार हुन । 

गठबन्धनका कारण नेपाली काँग्रेस यस क्षेत्रबाट पराजति हुने धेरैको आकलन रहेको छ । जम्मा २ जना उम्मेद्धारमात्र भएको कारण गठबन्धनको जित हुने धेरैको दावि छ । कुल ८ हजार २ सय ५० मतदात यस प्रदेश निर्वाचन क्षेत्रमा रहेका छन । 

प्रदेश निर्वाचन क्षेत्र न “ख” मा भने बाम गठबन्धन, नेपाली काँग्रेस, नयाँशक्ति र स्वतन्त्र सहित ४ जना चुनावी मैदानमा छन । गठबन्धनका तर्फबाट माओबादि केन्द्रका बिर बहादुर शाही,नेपाली काँग्रेसका शुरेस शाही,नयाँशक्ति नेपालका पुष्पराज बुढा र स्वतन्त्र उम्मेद्धार बिरचन्द्र डसाल रहेका छन । शुरेस शाही २०७० का उम्मद्धार हुन भने अन्य सबै नयाँ अनुहार नै रहेका छन । 


यस क्षेत्रमा कुल १० हजार ७ सय ३९ मतदाता रहेका छन । बाम गठबन्धको उम्मेद्धार बलियो मानिए पनि सहजै जित हात पार्न भने कुनै पनि दलका उम्मेद्धारलाइ सजिलो छैन । तर यस क्षेत्रमा पनि स्थानिय तहको निर्वाचन अनुसार र गठबन्धनको हिसावमा माओबादि केन्द्रका उम्मेद्धार बिर बहादुर शाहीले जित हात पार्ने मतदाताको अनुमान छ । 

जनु क्षेत्रबाट जसले जित हात पारे पनि मतदाता भने शिक्षा स्वास्थ्य, रोजगार र सडकको कुरा महत्वपूर्ण रहेको शे–फोक्सुण्डो गाँउपालिकाका अगुवा आँग बहादुर लामाले बताए । उनि भन्छन अब जनतालाइ बिकास चाहिएको छ आसवासनले गुग्दैन द्रुत गतिमा बिकासका काम गर्नु पर्ने लामाले बताए ।

जितनको लागि जस्तो प्रतिबद्धता गरेका छन नेताले पछि जिते पछि ति सबै काम गर्नु पर्ने मतदाता गणेश गुरुङले बताए । शिक्षा,स्वासथ्य र यातायात पहलो प्रथामिकता हुने पर्ने अर्का मतादाता जुनु हिराचनले बताइन । 

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धारलाइ मत हाल्न कुनै समस्या नभएको तर चुनावका बेला गरिएका प्रतिबद्धता थोरै भए पनि उम्मेद्धारले पूरा गरिदिन मतदाताको अनुरोध छ । भौगोलिक रुपमा पिछडिएको जिल्ला डोल्पा हो सडक र बिद्युत जस्ता सेवा बिस्तार गरिदेउ काइके गाँउपालिकाका निमा लामाले भने । 

स्थानिय सरकार बनेको र अब एकै जिल्लाबाछ झण्डै ५ जना बराबर साँसद बन्ने भएकोले अब डोल्पामा बिकास हुने नागरिको आसा रहेको छ । यातायातले नछोएको जिल्ला डोल्पामा सडक,बिद्युत,स्वास्थ्य सेवा र शिक्षा डोल्पाली मतदाताको पहिला माग हुन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक