2026-07-03 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस, फोरम र राजपाबीच सहमति हुन्छ: गच्छदार

2017-11-17

मङ्सिर १, विराटनगर । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले दुई नं प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तिनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री गच्छदारले मुलुकका अन्य अन्य प्रदेशमा समेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन स्थानीयस्तरमा वार्ता एवं छलफल भइरहेकाले केही दिनमा सहमति हुनेछ भन्नुभयो । 

एक प्रश्नको जवाफमा उहाँले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवालाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न र जनताले निर्धक्क रुपले मतदान गर्ने व्यवस्था मिलाउन वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै आर्थिक संमृद्धि र पछाडि परेका जनताको हकअधिकार दिलाउन जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतको सरकार निर्माण गर्न मत दिने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ