2026-07-03 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापालाई मुख सम्हालेर बोल्न सुझाव

मंसिर १, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापालाई मुख सम्हालेर बोल्न सुझाव दिनुभएको छ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ गेजुवा कम्पनीसँग गरेको सम्झौता खारेज गरेकोमा आपत्ति जनाउनेहरुलाई थापाले स्वार्थमा धक्का परेकाहरुले विरोध गरेको भन्नुभएको थियो ।

कमल थापाको त्यो भनाइप्रति आपत्ति जनाउँदै ओलीले आफूहरुले कसैको स्वार्थमा लागेर काम नगर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले कसको स्वार्थमा परेर काम गर्छ जनतालाई प्रष्ट छ ।’

अहिलेको सरकार काम चलाउ मात्र नभई चरम काम चलाउ भइसकेको भन्दै ओलीले यस्तो सरकारले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने अधिकार नभएको बताउनुभयो । सरकारले चिकित्सा शिक्षा सम्बन्धीको अध्यादेश पारित गरेकोमा पनि ओलीले असन्तुष्टि जनाउनुभयो । 

मेडिकल शिक्षा सुधारको माग गरि अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको आलोचना गर्दै ओलीले सरकारले उहाँसँग गरेका सम्झौताप्रति पनि आपत्ति जनाउनुभयो । 

‘सरकारले आफ्नै कर्मचारीसँग सम्झौता गर्ने र सरकारकै तलब खाने कर्मचारीले राष्ट्रपतिलाई चुनौति दिने हो भने राजनीतिमा आउनु पर्छ’ ओलीले भन्नुभयो ‘बरमझियामा पेडा पसल खोलेजस्तो गरेर असली नयाँ शक्ति खोले पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ