२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डपुत्र प्रकाशलाई हृदयघात ! मृत्यु भएको पुष्टि भएको छैन

२०७४, ३ मंसिर आईतवार ०२:२२

मङ्सिर ३, काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । आज बिहान करिब साढे ४ बजे हृदयघात भएको पारिवारीक स्रोतले जनाएको हो । प्रकाशलाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

उनलाई आइतबार बिहान पाँच बजेपछि अचेत अवस्थामा अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । 


यसैबीच केहि अनलाइनमा उनको मृत्यु भएको भन्दै खबर आईरहेका छन् तर यस बिषयमा कुनै पुष्टि भएको छैन । प्रकाशको अवस्था बारे पारिवारिक श्रोतले कुनै जानकारी दिएका छैनन् भने अस्पताल प्रशासनले समेत कुनै कुरा सार्वजनिक नगर्दै उनको मृत्यु भएको भन्दै खबरहरु भाईरल गराइएको छ । 

यसैबीच चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् भन्ने खबर प्राप्त भएको छ । रेणु चितवन भरतपुर महानगरपालिकाकि मेयर हुन् । स-परिवार काठमाडौँ आउनुले प्रकाशको अवस्थाबारे थप आशंका थपिएपनि जिम्मेवार निकायले उनको अवस्था बारे जानकारी नदिएसम्म यसै भयो भनेर लेख्नु पत्रकारिताको नैतिक धर्म नभएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो