2026-07-03 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयोग: प्रकाश दाहालको ‘ब्ल्याक एण्ड ह्वाइट’ प्रोफाइल फोटो र अन्तिम पोष्ट !

मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघातबाट मृत्यु भएका दाहालले केहि दिन अघि मात्र आफ्नो रंगिन तश्विर हटाएर ब्ल्याक इन व्हाइट तश्विर अपडेट गरेका थिए । नभन्दै प्रोफाइल फोटो जस्तै उनको जीवन ‘ब्ल्याक एण्ड ह्वाइट’झैं बनिसकेको छ  । 


संयोग भनौं वा अन्तिम समयको सूचक ! आफ्नो मृत्युअगाडी नै फेसबुक प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका उनले अन्तिम फोटो आफ्नो छोरा कुर्सिमा बसेको अवस्थामा अपडेट गरेको देखिन्छ । १३ दिन अगाडी उनले आफ्नो अन्तिम प्रोफाइल ‘ब्ल्याक एण्ड ह्वाइट’ राखेका थिए भने उनको अन्तिम पोष्ट पनि उनको छोराको फोटो भईदियो । यसलाई सांकेतिक रुपमा हेर्ने हो भने उनले मृत्युको १३ दिन अगाडी कात्तिक २० गते राखेको  प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ राखिनु र दैनिक बिभिन्न पार्टीगत फोटो तथा पोष्टहरु दिने प्रकाशले अन्तिम पोष्ट कात्तिक ३० गते आफ्नो छोरा प्रणव दाहालको हुनु संयोग बनेको छ । दुवै तश्विर 'सिम्बोलिक' बनेका छन् । उनले अपडेट गरेको अन्तिम प्रोफाइल फोटोले जीवनको रङ्गलाई देखाएको छ जो अब साच्चै फोटोमा झैं भएको छ भने उनले गरेको अन्तिम पोष्टले उनिपछीको रंगीन जीवनलाई संकेत गरेको छ । 


माथिको कुरा संयोग मान्ने हो भने पनि प्रचण्ड परिवार यतिखेर अत्यन्त शोकमा डुबेको छ । मृत्यु शास्वत सत्य भएपनि प्रकाशको मृत्युको उमेर भएको थिएन । जसको कारण उनको परिवारमा ठूलो बज्रपात आइलागेको छ तर त्यो संगै आशाको पोको पनि बाँकी छ जसलाई उनको अन्तिम फेसबुक पोष्टले संकेत गर्छ । 

प्रकाशको प्रोफाइल फोटो १३ दिन अघि कृष्णबहादुर महरासँगको सामुहिक अनि रंगीन तस्वीर थियो ।  तर त्यसलाई उनले हटाएर आफ्नो एक्लो ‘ब्ल्याक एण्ड ह्वाइट’ तश्विर फेसबुक प्रोफाइलमा अपडेट गरे । नेपाली संस्कारलाई ध्यान दिने हो भने मृत्यु भइसकेको मानिसको तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाउने चलन छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ