२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मतपेटिका तीन घेराभित्र राखियो, मङ्सिर १० को निर्वाचनमा ८१ प्रतिशत मतदान

२०७४, १४ मंसिर बिहीबार १२:४७

टेक शाही/मङ्सिर १४, डोल्पा । डोल्पा जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका ४ दिन पछि जिल्ला सदरमुकाम दूनैमा पुगेका छन । 

६६ वटा मतदान केन्द्रका १ सय ९८ वटा मतपेटिका चार दिन पछि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जानकारि दिएको छ । 

प्रत्यक्ष २ र समानुपातिक एक गरि  तिनवटै तर्फका मतपेटिका जिल्ला सदरमुकाम पुगे पछि राजनितिक दलका प्रतिनिधिको रोहवरमा मुख्य निर्वाचनअधिकृतको कार्यालयमा तालाबन्दी गरिएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । 

उनकाअनुसार कोठामा राखेर ल्लाह छाप लगाइ कोठा शिलगरिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्द कोठामा ल्लाह छाप सहित राखिएका मतपेटिकाको तिनवटा सुरक्षा घेरामा सुरक्षा पहरा दिइने जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारी केशबराज आर्चायले जानकारि दिए । 


उनका अनुसार भित्रि घेरामा नेपाल प्रहरिमध्य घेरामा शस्त्र प्रहरि बल र बाहिरि घेरामा नेपाली सेनाले सुरक्षादिने बताए । उनले भने कडा सुरक्षाको घेरामा राखिएको मतपेटिकामा कसैले गलत नियत राखे सुरक्षाले हतियार चलाउन बाध्य हुने छ । 

भौगोलिक बिकटताका कारण माथिल्लो डोल्पाका मतपेटिकाहरु हेलकप्टरबाट ल्याउन कठिन भएकाले केहि दिन ढिला भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

दोस्रो चरणको निर्वाचन सकिएको दिनमँसिर २१ गते बेलुकि ५ बजे पछिबाट मतगणना हुने पनि निर्वाचन कार्यालयले जानकारि दिएको छ । मतेपेटिका राखिएको कोठामा भने सिसि क्यामेरा, साइरन र अन्यकुनै पनि प्रबिधि प्रयोग गरिएको छैन । 

कुनै पनि अध्याधुनिक प्रबिधिको प्रयोग नगरिएको भएपनि तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिएकोले कुनै सँका नगर्न मतदाता र उम्मेद्धारलाइ आग्रह गरेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनकाअनुसार अब एक सातामात्र रहेकोले सुरक्षापहरा कडाइ गरि मतपेटिका सुरक्षित राखिएको बताए ।

मतदाताको अमुल्यमत सुरक्षीत रहने र उम्मेद्धार र पार्टिले पनि बिश्वस्त हुन निर्वाचन कार्यालयले सबैमा अनुरोध गरेको छ । निर्वाचन सकिए सँगै मतपेटिका शिलगरिए पछि कार्यकताहरु चियापसल तथा चोक चोकमा लोक्तान्त्रीकले जित हातपार्ने कि गठबन्धनले जितहात पर्ने भन्ने बिषयमा निकै छलफलको पाटो बनेको छ । 

“स्थानिय तहभन्दा ६ प्रतिशत मतदान कम भयो” 

मँसिर १० माभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा८१ दशमलव ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारि दिएको छ । यस पालिको निर्वाचनमा स्थानियतहको निवाचनभन्दा ६ प्रतिशत मात्र कम मतदाताले भोट हालेको मुख्य निवाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ । 

कुल १८ हजार ९ सय ८९ मतदाता सँख्या रहेको यस जिल्लामा मँसिर १० को निर्वाचनमा महिला ७ हजार ९ सय ७१ र पूरुष ७ हजार ३ सय १५ गरि जम्मा १५ हजार ७ सय ८६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरिले जानकारि  दिए । उनले भने मतदाताले स्थानियतहको बराबर यस पटक पनि उत्साह्पूर्वक मतदान गरेको बताए ।

उच्चहिमाली जिल्ला भएपनि मँसिरको जाडो मामतदाताले उत्साहपूर्वक मतदान गरेको मुख्य निवाचन अधिकृतको कार्यालयको दावि रहेको छ । माथिल्लो डोल्पामा झण्डै ३० प्रतिशत कर्मचारि नै पुर्याउन नसकेको निर्वाचन कार्यालयले स्वयम सेवक भर्ना गरि निर्वाचन सम्पन्न गराएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनले भने सहायक कर्मचारिहरु केहि माथिल्लो डोल्पाका मतदान केन्द्रमान पुगे पनि मुख्य कर्मचारिहरु पुगेर मतदान सम्पन्न गराएको बताए ।

जिल्लाका ६६ वटा मतदान केन्द्र मध्य माथिल्लो डोल्पाका केहि मत केन्द्रमा एकतफिृ मतदान भएको आरोप नेपाली काँग्रेसले लगाए पनि यता गठबन्धनले भने सबै मतदान केन्द्रमा काँग्रेसका एजेण्टले हस्ताक्षर गरेको बताएको छ । 

यता मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले डोल्पा जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष,शान्त र धाँदली रहित सम्पन्न भएको जानकारि दिएको छ । त्यसका साथै जिल्ला सुरक्षा समितिले निर्धक्कपुर्वक मतदाताले मतदानगर्ने बातावरण बनाएको र शान्तपूर्वक नर्वाचन सम्पन्न भएको प्रमूख जिल्ला अधिकारि आर्चायले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो