२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारजाली र सिसिटिभी क्यामराको निगारानिमा मतगणना हुने

२०७४, २० मंसिर बुधबार १२:१३

टेक शाही/मङ्सिर २०, डोल्पा  । मँसिर १० मा पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना २१ गते पँच बजे पछि हुने भएको छ । २१ गते हुने मतगणनाको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थललाइ तारजाली लागएको छ । 


स्थानिय तहको निर्वाचनमा चितवनमा च्यातिएको मतपत्रको घटनाले त्रसित रहेको जिल्ला सुरक्षा समितिले कडा सुरक्षा ब्यवस्थाका साथै सिसिटिभी क्यामेरा र तारजालीले मतगणना स्थल घेरको हो । मतगणना गर्दा सुरक्षा सहजताका लागि गतगणना स्थाल तारजालीले घेरेको मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार मतगणना प्रत्यक्ष निगारानिका लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतगणना स्थलामा ३ वटा सिसिटिभी क्यामेरा जडान गरेको मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनले थपे मतगणना स्थल साने रहेकोले यति नै सिसिटिभी क्यामेराले पुग्ने दावी गरे ।


गतगणनाको लागि प्राबिधिक कुराहरु लगभग सकिएको र २१ गते बिहान मतगणनामा बस्ने कर्मचारिहरुलाइ अभिमूखिकरण गर्ने र निर्वाचनमा भाग लिएका जिल्लाका राजनितिक दलसँग बैठक बसे पछि सबै तयारि सकिनुका साथै २१ गते ५ बजे पछि मतगणना सूरु हुने मूख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारि दिए । 

गतणनाको लागि जिल्ला सुरक्षा समितिले पनि उच्च सर्तकता अपनाएको छ । मतगणना स्थल तारजाली राखिएको छ मतगणना स्थलमा ३ वटा सिसिटिभी क्यामेरा राखिएको छ तिनवटै सुरक्षा घेरामा मतगणना हुने छ प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए ।


उनका अनुसार मतदान स्थल वरिपरि करिव ३ सय मिटरको क्षेत्रमा मदिरा बिक्रि बितरण लगायतका क्रियाकलाप बन्द गरिएको र राजनिति दललाइ पनि कार्यकर्ताहरु भिडभाड नगरिदिन अनुरोध गरेको बताए । उनले थपे चेकजाँच कडा पारिएको छ भित्रि र बाहिरि सुरक्षा मजबुद्ध पारिएइको छ मतगणना गर्ने समय मात्र आउन बाँकि रहेको छ । 


मतगणना स्थल साघुरो भएकोले मतगणना दुइ समूहमा गनिने भएको छ । दल तथा उम्मेद्धारका प्रतिनिधिहरु पनि थोरै सँख्यमा राखिने र चुइगम,गुठ्का,सूर्ति,पान,लागयत ज्वलनशिल कुनै पनि बस्तस मतदान स्थलामा लिन नपाइने र सुरक्षाले चेकजाँच गर्ने मूख्य निवाृचन अधिकृतले जानकारि दिए । छोटो सौच बाहेक अन्य कुनै पनि कार्य मतगणना स्थलको नजिकै नरहेको पनि ज्ञवालीले बताए । उनका अनुसार बाहिरा जादा र आउदा पालैपालो हुने र कडा सुरक्षा चेकजाँचबाट मात्रै प्रतिनिधि तथा कर्मचारिले मतगणना स्थलमा बस्न पाउने बताए । 

प्रतिनिधिसभा,प्रदेशसभा र दुबै सभाका लागि समानुपातिक गरि ३ वटा मतपेटिका रहेका छन । डोल्पा जिल्लामा ६६ वटा मतदान केन्द्रका १ सय ९८ वटा मतपेटिका २१ गते बुलकाबाट गणना गरिने भएका छन । 

मँसिर २१ गते बेलुका ५ बजे पछि देखि हुने मतगणनामा बिभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यामका सञ्चारकर्मिलाइ अनुमति पत्र (प्रेस पास) को ब्यवस्था मूख्य निर्वाचन अधिकृतको कायालयले उपलब्ध गराउने भएको छ । सञ्चारकर्मिले मतदान स्थलमा १० देखि १५ मिनेट सम्म बस्न पाउने र भिडियो तथा फोटो मतपत्रको कुनै पनि चिन्ह् नदेनिे गरि खिच्न अनुमति दिने मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । 


बिभिन्न सञ्चार माध्याममा काम गर्ने श्रमजिवी पत्रकारहरुलाइ काम गर्ने सञ्चार माध्याम र एक प्रति फोटो सहित नामावलि महाँसघले सिफारिस गर्र्ने नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले बताए । 

मँसिर २१ गते हुने मतगणनामा जति सक्दो सहजता गरि सुचना प्रबाह गरिदिन सञ्चारकर्मिलाइ अनुरोध गरेकोले २१ गते बिहान सम्म सबै सञ्चारकर्मिलाइ आफनो फोटो र सञ्चारमाध्यामको नाम बुझाउन नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाले सुचना जारि गरेको छ । पे्रस पास नभएका सञ्चारकर्मीले मतदान स्थलमा जान पाउने छैनन । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा