२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा प्रतक्षतर्फको अन्तीम मतपरिणाम आजै आउने (पछिल्लो मतपरिणामसहित)

२०७४, २२ मंसिर शुक्रबार ०५:२१

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा शुक्रबार राति १० बजेभित्र प्रतिनिधिसा र प्रदेशसभा प्रतक्ष्यतर्फको अन्तीम नतिजा सार्बजनिक गर्ने लक्ष्यकासाथ मतगणना भइ रहेको छ । 

अहिलेसम्म १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा ६५ बढी मतदान केन्द्रको मतपरिणाम सार्बजनिक भइसकेको छ । ताजा मतपरिणाम अनुसार दार्चुलामा प्रदेश तथा प्रतिनिधिगरी तिन ओटै निर्बाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । 

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्नाले १४ हजार ८ सय ९३ मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार बिक्रम सिह धामीले १० हजार ८ सय ४ मत प्राप्त गर्नुभएको छ । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको १४६ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको २८५ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले १६ मत प्राप्त गरेका छन । भने १ हजार ७६ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा क क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार गेल्बुसिह बोहराको ४,१३९ मत छ । भने निकटतम प्रतिस्पर्धी नेपाली काग्रेशका उम्मेदबार मदन गिरीको ३,२२१ मत रहेको छ । यस्तै प्रदेश सभा ख क्षेत्रमा बाम गठबन्धनका उम्मेदबार मान बहादुर धामी सन्तोषको ४,९३५ मत प्राप्त हुदा नेपाली काग्रेशका उम्मेदबार जगदीश बहादुर पालको ३,५५१ मत रहेको छ । 

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । मतान्तर फराकीलो पार्दै गएकाले बाम गठबन्धनका उम्मेदबार ठगुन्नाको जित शुनिश्चित रहेको भन्दै एमाले माओबादीका कार्यकर्ता र समर्थकहरु उत्साहित देखीएका छन । 

यहि गतिमा मतगणना निरन्तर जारी रहने हो भने आज राति भित्र अन्तीम मतपरिणाम सार्बजनिक हुने मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी