२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा प्रतक्षतर्फको अन्तीम मतपरिणाम आजै आउने (पछिल्लो मतपरिणामसहित)

२२ मंसिर २०७४, शुक्रबार ०५:२१

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा शुक्रबार राति १० बजेभित्र प्रतिनिधिसा र प्रदेशसभा प्रतक्ष्यतर्फको अन्तीम नतिजा सार्बजनिक गर्ने लक्ष्यकासाथ मतगणना भइ रहेको छ । 

अहिलेसम्म १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा ६५ बढी मतदान केन्द्रको मतपरिणाम सार्बजनिक भइसकेको छ । ताजा मतपरिणाम अनुसार दार्चुलामा प्रदेश तथा प्रतिनिधिगरी तिन ओटै निर्बाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । 

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्नाले १४ हजार ८ सय ९३ मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार बिक्रम सिह धामीले १० हजार ८ सय ४ मत प्राप्त गर्नुभएको छ । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको १४६ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको २८५ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले १६ मत प्राप्त गरेका छन । भने १ हजार ७६ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा क क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार गेल्बुसिह बोहराको ४,१३९ मत छ । भने निकटतम प्रतिस्पर्धी नेपाली काग्रेशका उम्मेदबार मदन गिरीको ३,२२१ मत रहेको छ । यस्तै प्रदेश सभा ख क्षेत्रमा बाम गठबन्धनका उम्मेदबार मान बहादुर धामी सन्तोषको ४,९३५ मत प्राप्त हुदा नेपाली काग्रेशका उम्मेदबार जगदीश बहादुर पालको ३,५५१ मत रहेको छ । 

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । मतान्तर फराकीलो पार्दै गएकाले बाम गठबन्धनका उम्मेदबार ठगुन्नाको जित शुनिश्चित रहेको भन्दै एमाले माओबादीका कार्यकर्ता र समर्थकहरु उत्साहित देखीएका छन । 

यहि गतिमा मतगणना निरन्तर जारी रहने हो भने आज राति भित्र अन्तीम मतपरिणाम सार्बजनिक हुने मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला