२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको ८२ प्रतिशत मतगणना सम्पन्न ! बाम गठबन्धन जित नजिक

२०७४, २२ मंसिर शुक्रबार १५:५८

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रको अन्तीम मत परिणाम सार्बजनिक हुदासम्म बाम गठबन्धनका साझा उम्मेदबार गणेश सिह ठगुन्ना ६ हजार बढी मतान्तरकासाथ अग्रस्थानमा रहनुभएको छ । 

अहिलेसम्म वाम गठबन्धनका गणेशसिंह ठगुन्ना (सूर्य) २४ हजार १ सय ४० मत प्राप्त भएको छ । भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका विक्रम सिह धामी (रूख)ले १७ हजार ९ सय ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । भने प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६८ मत बदर भएको छ । 

त्यस्तै दुईवटा प्रदेशसभा मत गणनाको मत परिणामअनुसार प्रदेशसभा ’क’मा १४ हजार ४ सय ८९ मत गणना भएको छ । जसमा वाम गठबन्धनका उम्मेदवार गेल्बु बोहरा (सूर्य) ७ हजार ८ सय ५२ र प्रतिद्वन्द्वी कांग्रेसका मदन गिरी (रुख)ले ५ हजार ८ सय ८६ मत प्राप्त गरेको छ । 

त्यसैगरी प्रदेशसभा ’ख’मा १४ हजार ६ सय ९५ मत गणना भएको छ । जसमा वाम गठबन्धनका मानबहादुर धामी (हसिया हथौडा)ले ७ हजार ४ सय ७९  र उनका प्रतिद्वन्द्वी कांग्रेसका जगदीश पाल (रुख)ले ६ हजार १ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

अब २३ मतदान केन्द्रको मतगणना भएपश्चात प्रतिनिधिसभाको अन्तीम नतिजा सार्बजनिक हुनेछ । भने प्रदेश सभा क मा ३४ र ख मा २२ मतदान केन्द्रको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी