मङ्सिर २४, दार्चुला | कुल मतदाता ७८ हजार ५१३ रहेको दार्चुलामा समानुपातिक तर्फ कांग्रेसले सबै भन्दा बढी मत पाएको छ | जिल्लामा नेपाली काँग्रेसले २१ हजार ४६८ मत प्राप्त गरेको हो |
जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २० हजार ६०२ मत पाउँदा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ हजार ९८५ मत प्राप्त गरेको छ |
त्यस्तै चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २०० मत पाएको छ |
त्यस्तै विवेकशील साझा पार्टीले १३२ मत पाएको छ भने एकल चिन्ह हसिया तारा लिएकोमा १०२ मत प्राप्त भएको छ | त्यस्तै नयाँ शक्ति पार्टी, नेपालले यहाँ ९८ मत पाएको छ | त्यस्तै नेपाली जनता दलले ९७ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ५५ मत पाएको छ |
त्यस्तै राष्ट्रिय जनमोर्चाले २९, नेपाल मजदुर किसान पार्टीले २५, राष्ट्रिय जनमुक्ति पार्टीले १५, राष्ट्रिय जनता पार्टी नेपालले १२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ९, संघीय समाजवादी फोरम, नेपालले ९, युवा नेपाल पार्टीले ८, जनशक्ति नेपालले ७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)ले ७, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठीले ७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले ६, ग्रीन पार्टी नेपालले ५, तामाङसालिङ लोकतान्त्रिक पार्टीले ५, नेपालवादले ५, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)ले ४, राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले ३, नेपाल युवा किसान पार्टीले ३, नेपाल नौलो जनवादी पार्टी र नेपाल जनता पार्टीले ३/३, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले २, राष्ट्रिय समाजवादी पार्टी, नेपालले २ मत पाएको छ भने अन्यले १२ मत पाएका छन् |
१. नेपाली काँग्रेस (१९९८०)
२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (१८९८३)
३. माओवादी केन्द्र (७९८६)
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (२८४)
५. विवेकशील साझा पार्टी (८९)
६. नयाँ शक्ति पार्टी, नेपाल (८८)