2026-07-04 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश वर्षमा लोकसेवा आयोगमा पाँच गुणा बढी दर्खास्त

पुस ४, काठमाडौँ (रासस) | पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको छ । निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ । 

दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको बताउनुभयो । यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको छ । 

उहाँका अनुसार २०६४/६५ मा कूल एक लाख ७५ हजार १२१ जनाले आवेदन दिएकामा गत आव २०७३/७४ मा आठ लाख ४४ हजार २९७ सङ्ख्या पुगको छ । आव २०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव २०७२/७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् । 

निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । आव २०६५/६६ मा ८६ हजार १८६, आव २०६६/६७ मा तीन लाख ४६३, आव २०६७/६८ मा दुई लाख ५१ हजार ६५१ र आव २०६८/६९ मा दुई लाख ७१ हजार ५७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ । 

यसैगरी आव २०६९/७० मा तीन लाख ६८ हजार ८०५, आव २०७०/७१ मा पाँच लाख ६० हजार ९१५ र आव २०७१/७२ मा पाँच लाख ९९ हजार ६६८ दर्खास्त आवेदन दिएका थिए । 

पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको सङ्ख्या वर्षेनी वृद्धि भएको बताउनुभयो । 

“रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एक मात्र ठाउँ नै लोक सेवा आयोग हो”, उहाँले भन्नुभयो, “परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।” पूर्वप्रशासक कोइरालाले सङ्ख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै