2026-07-04 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

2017-12-23

पुस ८, काठमाडौं । कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । 

माईतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनमा कर्णालीका बिभिन्न जिल्लाबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा आबद्ध सहभागीहरुले  मृतक विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै प्रशासनबिरुद्ध चर्का नाराबाजी गरे । 

उनीहरुले प्रहरी दमन मुर्दाबाद, विवेक ऐडिलाई शहिद घोषणा गर, नालायक देउवा सरकार राजीनामा दे, हत्यारा पुलिसलाई कारबाही गर, पुलिस प्रशासन मुर्दाबाद लगायतका नारा लगाएका थिए ।  

बिरोध प्रर्दशनपछि बोल्दै एमाले कालीकोटका अध्यक्ष नेशनल शाहीले प्रहरी प्रशासन बिरुद्ध आक्रोश पोख्दै शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । 

उनले रोटीका लागी आन्दोलन गर्ने युवालाई गोली दिने बर्तमान सरकारको राजीनामा माग गर्दै मृतकलाई शहिद घोषणा गरि क्षतिपूर्ती दिनुपर्ने बताए । त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहीद घोषणा गरेर क्षतिपूर्ती सहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । 

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तिलक उपाध्यायले गृहप्रशासनको रबैयाले युवाहरुलाई आक्रोशीत बनाएको भन्दै दोषीलाई कडा कारबाही सहित विवेक ऐडिलाई शहिद घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो