2026-07-04 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ’- अध्यक्ष दाहाल

पुस ९, चितवन (रासस) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । 

उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भन्नुभयो । 

उहाँले भन्नुभयो, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उहाँले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ ।” 


अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उहाँले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो । 

शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उहाँले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने बताउनुभयो । 

कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै उहाँले निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको बताउनुभयो । सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले देशलाई अब समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । 

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा सुशासन भएसँगै समृद्धि आफँै हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो