Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा गाउँपालिकाको निर्णयविरुद्ध संघर्ष समिति गठन

२०७४, १४ पुष शुक्रबार ०३:२४

मनिषा राई/पुस १४, रोल्पा । सुवार्णावति गाउँपालिकाको नाम परिवर्तन सम्बन्धि ल्याएको प्रस्तावको निर्णय बिरोधमा एमालेका खिमचन्द्र पुनको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । साथै संघर्ष समितिले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ । 

बिहिबार सुवर्णावतिका स्थानीयबासिद्धारा ¥याली गरी सुलीचौर बजार परिक्रमा र गाउँपालिकाको आगाडि ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए । 


नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए ।  

हाल कांग्रेस सरकार हुदा पनि कांग्रेसले बिरोध गरीरहेको र पछि एमालेको सरकार हुदा पनि एमालेले नै बिरोध गरीरहेको हुनाले नाम परिवर्तन हुने अवस्था नदेखिएको स्थानियहरुले बताएका छन् ।

त्यसैगरी उक्त संघर्ष समितिले शुक्रबार  गाउपालिकाको नाम परिवर्तन  सम्बन्धि निर्णय सच्याउनको लागि अल्टिमेटम दिने भएको छ । त्यसैगरी १५ गते सुवर्णावति गाउपालिका भित्र यातायात बन्द र बिरोध सभा गर्ने, १६ गते सुवर्णावति गाउपालिकाका यातायात, शिक्षण संस्था, बजार र उधोग बन्द गर्ने र १७ गते देखि सुवार्णावति गाउपालिका अनिश्चितकालिन बन्द गर्ने निर्णय गरीएको सुवर्णावति गाउपालिका वडा नं.४ का वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित