2026-07-04 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रीय कार्यालयमा नेताहरुवीच हात हालाहाल

2017-12-30

पुस १५, काठमाडौं । प्रदेश सभाका लागि माओवादी केन्द्रका समानुपातिक सांसद छनोटका विषयमा विवाद हुंदा नेताहरुबीचमै हात हालाहाल भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदी र असन्तुष्ट कार्यकताबीच हात हालाहाल भएको हो ।

सधैंजस्तो शुक्रबार पनि केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए ।

उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर पसल थापेर बसेकालाई सांसद बनाउने ? तपाईंहरुले गरेको के हो ? यही हो नेतृत्व ? नामावली सच्याउनुस् भनेको थिएँ । तर झक्कु सुवेदीले तपाईंले भनेर हुँदैन, उहाँहरुको पनि दुःख छ, अब सच्चिदैन भनेपछि विवाद बढेको हो ।’

सिन्धुपाल्चोक जिल्लाबाट एक जना पनि समानुपातिक सूचीमा परेको छैन । तीन नम्बर प्रदेशको समानुपातिक सूचीमा संयोजक सुवेदीले जनयुद्धदेखी योगदान गरेका सहिद परिवारलाई समेत पन्छाएर आफ्नी छोरी भावना सुवेदी र नेता महेश्वर दाहालकी श्रीमती सिता दाहाललाई सांसद बनाएको आरोप छ । त्यस्तै ३ नम्बर क्षेत्रबाटै समानुपातिक सूचीमा परेका आङ्देण्डी लामाले प्रदेशका शीर्ष नेताहरुलाई मोटो रकम बुझाएर सांसद बन्न लागेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो