2026-07-04 01:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको चुनाव खर्च २४ लाख, सिटौलाको २३ लाख

2018-01-02

पुस १८, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।


शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं. ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट कांग्रेस नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।

एमाले अध्यक्ष ओलीले २४ लाख १ हजार १ सय ६० रुपैयाँ, काँग्रेस नेता सिटौलाले २२ लाख ६८ हजार रुपैयाँ, माओवादी केन्द्रका नेता कार्कीले २४ लाख १० हजार रुपैयाँ र कांग्रेस नेता शर्माले २१ लाख ६८ हजार रुपैयाँको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी, क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका डा. खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार रुपैयाँ, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले ६ लाख ५० हजार रुपैयाँ, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) का तेजबहादुर थापाले ३ लाख ५ हजार रुपैयाँ, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार रुपैयाँ, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार रुपैयाँ र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले १ लाख ९ हजार २ सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । सन्तोष शर्मा/रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो