2026-07-04 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका सांसद भन्छन- ‘कर्णालीलाई समृद्ध बनाउँछौं’

2018-01-02

पुस १८, काठमाडौँ । हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले कर्णालीलाई समृद्ध बनाउने लागिपर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित छक्कबहादुर लामाले हुम्लाका जनताले गरेको विश्वासलाई आत्मसात गर्ने बताए । 

जडिबुटी, पर्यटन, कृषिलाई मुख्य आधार बनाएर कर्णालीको विकास गर्न सकिने लामाले बताए । आफू वाम स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेको बताउँदै आफू सर्वहारा जनताको पक्षमा काम गर्ने बताए । “म माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य हुँ । पार्टीले गलत व्यक्तिलाई उम्मेदवारी दिएका कारण मैले स्वतन्त्रबाटै उम्मेदवारी दिएँ । पार्टीले कारवाही फिर्ता लिए पार्टीमै हुन्छु” लामाले भने । उनले पार्टीले फर्किने अवस्था नभएपनि जनताको पक्षमा भने काम गर्ने बताए ।


प्रदेस सभा (क) बाट निर्वाचित दलबहादुर रावलले हुम्ली जनतालाई अन्ययमा पर्न नदिने प्रतिवद्धता जाहेर गरे । निर्वाचनपछि देश कम्युनिस्टमय भएको बताउँदै रावलले नयाँ सरकारको मुख्य कार्यभार आर्थिक समृद्धि भएको बताए । रावलले ६ नम्बर प्रदेशमा कम्युनिस्टको दुईतिहाईको सरकार बन्ने बताउँदै कर्णालीका खोलाखोलामा विजुली, किनारमा सडक र डाँडाहरुमा रिसोर्ट बनाएर जनताको जीवनस्तर माथि उठाउन सकिने विश्वास व्यक्त गरे । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य कर्णजीत बुढाले हुम्लाबाट निर्वाचित दुबै जनालाई बधाई दिँदै जनताको अपेक्षालाई नभुल्न सुझाव दिए । नेपाली काँग्रेसले जित्ने भएका कारण आफूहरुले स्वतन्त्र उम्मेदवार लामाको पक्षमा लागेको बताए ।

“पार्टीको आधिकारिक उम्मेदवारलाई साथ दिए जनता विरोधी शक्तिले जित्नेभएपछि हामी स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका हौँ” बुढाथोकीले भने । उनले उम्मेदवारी स्वतन्त्र भएपनि पार्टीकै नेता भएको बताउँदै लामाले जित्दा पनि माओवादीले नै जितेको बताए ।

पार्टी एकताबारे बोल्दै बुढाथोकीले नेताको पदको लागि चोचोमोचो मिलाएर गरिने एकताले वर्ग र जनताको हित नगर्ने बताए । उनले एकताको सकारात्मक र नकारात्मक दुबै पक्ष हुने समेत बताए । बलियो आधार तयार गरेर एमाले र माओवादी केन्द्रको एकता गर्नुपर्ने धारणा राखे । नेपाली कम्युनिस्ट आन्दोलनले एकता र फुटका धेरै अनुभव गर्दै आएको बताउँदै फेरि फुट्ने गरी एकता गर्न नुहने बुढाथोकीको तर्क थियो । 

माओवादी केन्द्र निटक अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क समितिले गरेको बधाई तथा सम्मान कार्यक्रममा माकेका पोलिट्ब्यूरो सदस्य छिरिङ लामालगायतले निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै जनताको विश्वास नगुमाउन सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो