२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’

२०७४, २२ पुष शनिबार १६:४५

पुस २२, दार्चुला । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन निरीक्षणमा दार्चुला पुग्नुभएका राज्यमन्त्री पुनले यहाँ आयोजित पत्रकार सम्मेलन सो कुरा बताउनुभएको हो । 

त्रिदेशीय सीमा नाका जोडिएको व्यासमा बाह्रै महिना सुरक्षाकर्मी बस्न सक्ने व्यवस्था मिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

मन्त्री राज्यपुनले आजै महाकाली नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको निरीक्षण गर्दै भारतको खोतिलाबाट आएको सुख्खा पहिरोका कारण नेपालतर्फको ६० मिटर पक्की तटबन्ध भत्किएको ठाउँमा पुनः ठेक्का सम्झौता गरी तत्काल निर्माण कार्य थालनी गरिनेसमेत बताउनुभयो । 

तटबन्ध निर्माणका लागि बजेटको कुनै समस्या नभएको बताउँदै उहाँले महाकाली नदी किनारमा निर्माण भइरहेको पक्की तटबन्ध राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्नुभयो । 

यसैगरी उहाँसँगै जिल्ला भ्रमणमा रहनुभएकी कृषि राज्यमन्त्री सरिता प्रसाईंले सरकारले कृषकलाई दिँदै गरेको अनुदान रकम वास्तविक कृषकसम्म पुग्न नसकेको बताउनुभयो । दार्चुला जिल्ला मकै उत्पादनमा आत्मनिर्भर भएको समेत उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले स्थानीय जनतासँग अन्र्तक्रिया र स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी