२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काग्रेसका नेता माझीको निधन,

२०७४, २८ पुष शुक्रबार ०५:४४

 पुस २८, सप्तरी,  (रासस)| नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ । 

काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उहाँको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले राससलाई बताउनुभयो । ५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो । २०३९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघबाट सभापति पदमा उहाँ निर्वाचित हुनुभएको थियो । 

जिल्ला खेलकुद विकास समिति, सप्तरीको अध्यक्षसमेत भइसकेका माझीलाई काँग्रेसको झण्डा ओढाएर विहिबार श्रद्धाञ्जली अर्पण गरियो । उहाँको हिजै साँझ राजविराजमा दाहसंस्कार गरियो । माझीका दुई छोरा, एक छोरी र पत्नी हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ