१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा नेकपाले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दियो

१२ माघ २०७४, शुक्रबार ०३:१४

दलसिंह गिरी/माघ १२, कालिकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ । 

देशैभरी तीन महिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान सञ्चालनका क्रममा जनसत्ता घोषणा तथा त्यसको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिएको पार्टीले जनाएको छ ।


ने.क.पा. का कर्णाली ब्यूरो इन्चार्ज एटम बिसिका अनुसार माघ, फागुन र चैत्र महिना गरी तीन महिने अभियानमा दलाल तथा प्रतिक्रियावादी राजनैतिक चरीत्रको भण्डाफोर, सामाजिक दलाल पुजीबादी राजनैतिक चरित्रको भण्डाफोर, एकिकृत जनवादी क्रान्तिका बारेमा जागरण गर्ने, जन स्तर सम्म संगठन सुदृढ तथा बिस्तार गर्ने, पुरानो सत्ताको खारेज र नयाँ जन सत्ता बिस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ । 

नयाँ सत्तालाई ब्यबस्थित र सुदृढ बनाउदै जाने रणनिति अनुसार पार्टीका नेता कार्यकर्ताहरु युद्ध स्तरमा लागिरहेको बिसिको भनाई छ । ब्यूरो इन्चार्ज बिसिले कर्णालीमा जन सत्ता संचालन भइरहेको जानकारी दिदै यो प्रक्रिया देशैभरी लागु गर्ने अभियान थालीएको बताउनु भयो । 

पार्टीले राष्टघात, भ्रष्टाचार,

कमिसन, कालोबजारीका बिरुद्ध जन प्रतिरोध गर्ने पार्टीको रणनिति अनुसार काम भइरहेको भन्दै जन प्रतिनिधिहरुका ब्यबहार अनुसार आफूहरुले पनि आफ्नो ब्यबहार देखाउने बताउनु भयो । 

यो अभियानले मूलुक एक पटक पक्कै हल्लिने र धक्का पुग्ने दाबि गर्दै ब्यूरो इन्चार्ज बिसिले समुन्नत नेपाल निर्माणको अभियानमा आफूहरु लागि परेको पनि जिकिर गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह