२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादीले बनायो ९ सदस्यीय ‘हाइकमाण्ड’, को-को परे ?

२०७५, ३ जेष्ठ बिहीबार ०९:५०

जेठ ३, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच आज एकता हुँदैछ । यस अघिनै एकतापछी पार्टीको निर्णायक काम गर्नको लागि ९ सदस्यीय हाइकमाण्ड बनाइएको छ । 

निर्णय अनुसार पार्टीको हाइ कमाण्डमा हेडको रुपमा पार्टीका दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् भने बाँकी ७ जनाले पार्टीको बडीको रुपमा काम गर्नेछन् । 


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा हाइकमाण्ड गठन गरेसँगै पार्टी एकताको अन्तिम तयारी हुँदैछ । हाइ कमाण्डमा विष्णु पौडेल महासचिव बन्नेछन् उनले संगठनको काम गर्ने जिम्मेवारी समेत पाएका छन् भने नारायणकाजी श्रेष्ठ प्रवक्ता बन्ने छन् । बाँकी ५ जना हाइकमाण्डका सदस्यहरुले अन्य बिषयको जिम्मेवारी सम्हालेछन् । 

यसअघि दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठजना र त्यसमा एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले गरेको हो । जसमा एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहित वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् । 

पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा हुने बताइएको छ । 

पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटी हुने र कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति बुधबारनै भईसकेको छ । त्यस्तै एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल