२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेकपाका नेता ठगुन्ना काँग्रेसमा प्रवेश, कम्युनिष्टलाई कमाउनिष्ट भएको आरोप

२०७५, ३० जेष्ठ बुधबार ०६:४०

लोकेन्द्र प्रशाद जोशी/जेठ ३०, दार्चुला । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता ललित सिंह ठगुन्ना 'प्रविण' नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले ठगुन्नालाई मंगलबार एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् ।


लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशिल हुन नसकेका ठगुन्नालाई तत्तकालीन नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओबादी जनयुद्धकाल लगातार २० वर्ष कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना तत्कालीन नेकपा माओबादी केन्द्र दार्चुला जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज, दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहदै पार्टीको पोलिट ब्युरो सम्मको जिम्मेवारी पाएका थिए । 


पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालको जिल्ला संयोजक भएका थिए । नयाँ शक्ति पार्टीलाई जिल्लामा क्रियाशिल बनाउन नसकेपछि ठगुन्ना पुन: नेकपा माओवादी केन्द्रमै फर्किएका थिए । पार्टी भित्र प्रदेश तथा स्थानीय तह निर्वाचनमा काग्रेसलाई सघाएको भन्दै आरोप खेपेका ठगुन्नालाई माओवादी केन्द्रले कार्वाही गर्ने तयारी गरेपछि नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि नेपालमा कम्युनिष्ट आन्दोलनको उपहास भएको र नाम मात्रको देखावटी भएको प्रतिक्रिया दिदै उहाले भन्नुभयो:- ‘नेपालमा अब कम्युनिष्ट रहेन केवल कमाउनिष्ट भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी