२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सामाजिक सञ्जालमार्फत धम्की दिने काग्रेस नेता खत्रीलाई कार्वाही गर्न महासंघको माग

२९ असार २०७५, शुक्रबार ०२:३९

असार २९, दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाले पत्रकार र पत्रकारीता पेशाप्रति समाजिक सञ्जालमार्फत लगाइएको निराधार आरोपप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । नेपाली पत्रकारहरुको  साझा र छाता संगठन नेपाल महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलाइ नेपाली काग्रेश दार्चुलाका महाधिबेशन प्रतिनिधि उमेशसिह खत्रीले फेसबुक, म्यासेन्जर र मोबाइल फोनमार्फत लगाएको गम्भीर आरोपप्रति नेपाल पत्रकार महासंघ दार्चुलाले एक प्रेस बिज्ञप्ति मार्फत ध्यानआकर्षण भएको जनाएको हो ।


बुधबार र बिहिबारको दिन महासंघ जिल्ला अध्यक्ष धामीमाथी खत्रीले समाजिक सञ्जाल र फोनमार्फत भ्रष्ट पत्रकारीता गरेको, कार्यालय प्रमुखहरुलाइ थर्काएर सम्पत्ति आर्जन गरेको, पत्रकार सहकर्मीकै भनार र जीबनशैलीमा आएको परिवर्तनले सम्पत्ति कमाएको पुष्टी भएको, धार्मिक आवरणमा शोषण गरेको जस्ता संगिन आरोप लगाएका छन । साथै खत्रीले आफु बाधको डमरु भएको स्वघोषणा गर्दै फेसबुकमार्फत धाक धम्की दिएका छन । एउटा जिम्मेवार र प्रमुख राजनीतिक पार्टीको महत्तपुर्ण पदमा रहेको ब्याक्तीबाट भएको यस्तो हर्कतले सिगों पत्रकारीता जगतलाइ दुखी र आक्रोसित बनाएको बिहिबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

छुट्टै बिषय र प्रसंगको फेसबुक स्टाटसमा तपाईहरुको भ्रष्ट पत्रकारीता भनेर गम्भीर बिबाद र बहसको थालनि खत्रीले गरेको पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामी, सचिब कृष्ण सिह धामी र कोषाध्यक्ष भोजराज जोशीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

पत्रकार महासंघ दार्चुला शाखाले घट्नामाथि नेपाली काग्रेस दार्चुलाले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गरेको छ । महासंघले यस्ता गैरजिम्मेवार व्यक्तिमाथि छानविन गरी पार्टी अनुशासनको कारवाही गर्न माग गरेको छ । साथै महासंघले कानुनी कार्वाहीगर्न नेपाल सरकार र स्थानीय प्रशासनसंग जोडदार माग गरेको छ । राजनीतिक आड र दम्बका आधारमा गरिने यस्ता गलत हर्कतहरुको बिरुद्धमा ऐक्यबद्धता जनाउँन सबैमा महासंघले आह्वान समेत गरेको छ ।

यसैबिच कानुन बिपरीत समाजिक सञ्जालमार्फत पत्रकार महासंघ अध्यक्ष र पत्रकारीता पेसाप्रति लगाइएको आक्षेपबारे छलफल गर्न पत्रकार महासंघ दार्चुला साखाको बैठक बसेको छ । पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामीको अध्यक्षतामा बिहिबार बसेको बैठकले खत्रीलाइ कुनै गल्ती गरेको तथ्य प्रमाण भए कानुनी उपचारको बाटो खोज्न सुझाब समेत दिएको छ । ब्याक्तिगत गुनासा, सुझाब वा प्रतिक्रिर्या भए सभ्य र ब्यबस्थीत रुपमा प्रस्तुत गर्नुपर्ने महासंघ बैठकको निस्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला