२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ : प्रचण्ड

७ श्रावण २०७५, सोमबार ०९:३२

साउन ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । 

पुष्पलाल स्मृति प्रतिष्ठानले  पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन सक्तैन ।” 

पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गर्नुभएको बताउनुभयो । 

पुष्पलालले नेपाली काँग्रेसमा रहेर देश र जनताको सेवा गर्न नसकिने देखेपछि उक्त पार्टी छाडेर चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे गहिरो अध्ययन गरेर कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गर्नुभएको र पार्टी स्थापना गर्नुभएको विचार नेता नेपालले व्यक्त गर्नुभयो । 

नेकपाका नेता वामदेव गौतमले मुलुकमा सामाजिक न्याय स्थापनाका लागि पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेकपा धेरै आरोह अवरोह पार गरेर अहिलेको अवस्थामा आएको बताउँदै अब सामन्तवाद अन्त्य गरी देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनले देश र जनताको समृद्धि गर्न सक्छ भन्ने मान्यतालाई पुष्पलालले सिद्धान्तका रुपमा विकास गर्नुभएको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले चम्पादेवीमा चाँडै पुष्पलाल ज्येष्ठ आश्रम बन्ने जानकारी दिनुभयो । पुष्पलालका समकालीन लक्ष्मीभक्त उपाध्यायले आफूले प्राप्त गर्नुभएको पुष्पलाल राष्ट्रिय पुरस्कारवापतको रु एक लाख सोही प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी पुष्पलालका पुत्र उमेशलालले आफू बाँचुञ्जेल पिताका नामबाट सरकारले स्थापना गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु ५० हजार दिने घोषणा गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का