२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

२०७५, ८ श्रावण मंगलवार १२:२३

साउन ८, नेपालगञ्ज । संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । 

यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” 

सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” उहाँले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको छ भन्नुभयो । 

सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबैखाले सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गर्नुभएका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाउनुभएको थियो । उक्त अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताउनुभयो । 

कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको प्राध्यापक गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गर्नुभएको थियो । एक वर्षभित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि सरकारले रु छ करोड ८९ लाख लागत खर्च अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ