२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपामा २९ महासचिवः पदाधिकारी बस्ने कुर्सी अभाव

६ भाद्र २०७५, बुधबार ०२:०६

भदौ ६, काठमाडौं । सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २/३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । 

इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ । 

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । 

पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय सँघुरो भएको बताउँदै महासचिव केशव झाले भने, 'पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।' 

बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ । 

कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १/१ कोठा पाएका छन् । 

महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ । आजको नेपाल समाचारपत्रले राजपामा २९ महासचिव, पार्टी कार्यालयमा पदाधिकारी बस्ने कुर्चीसमेत हुन्न शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह