२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपामा २९ महासचिवः पदाधिकारी बस्ने कुर्सी अभाव

२०७५, ६ भाद्र बुधबार ०२:०६

भदौ ६, काठमाडौं । सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २/३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । 

इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ । 

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । 

पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय सँघुरो भएको बताउँदै महासचिव केशव झाले भने, 'पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।' 

बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ । 

कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १/१ कोठा पाएका छन् । 

महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ । आजको नेपाल समाचारपत्रले राजपामा २९ महासचिव, पार्टी कार्यालयमा पदाधिकारी बस्ने कुर्चीसमेत हुन्न शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ