२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली गरीब थिएन तर बनाइयो: मुख्यमन्त्री शाही

२०७५, ३१ भाद्र आईतवार ०९:४३

भाद्र ३१, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ । 

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गर्नुभयो । 

कर्णाली पछि पर्नुमा केही कारण दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको सङ्केत गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौँ, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।” अरुको आशमा गरीने कामले परनिर्भरता बढाउने भन्दै उहाँले स्थानीय तह न्यायिक समितिका पदाधिकारीलाई उच्च मनोबलका साथ नागरिकको सेवामा समर्पित भएर काम गर्न आग्रह गर्नुभयो । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हिजो न्यायको ढोकामा पुग्न नपाएका अधिकांश महिला आज न्याय दिलाउने नेतृत्व आफैले गर्नु गणतन्त्रात्मक शासन व्यवस्थाको सवल पक्ष भएको बताउनुभयो । “जनतालाई सही सेवा दिने परीक्षामा सामेल हुनुहुन्छ, राम्रो परिणाम देखाउनुस् ”, उहाँले भन्नुभयो, “न्याय सम्पादनका लागि विगतका नजिर र संविधान अध्ययन आवश्यक छ ।” 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संविधान र कानूनले न्यायिक समितिका संयोजकलाई महत्वपूर्ण जिम्मेवारी दिएको तर्क गर्नुभयो । उहाँले न्यायको तराजु सबैलाई समान गर्न आग्रह गर्नुभयो । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सदियौंदेखिको सङ्घर्षबाट यो व्यवस्थामा महिलाले न्यायमूर्तिको काम गर्ने अवसर पाएकोले यसमा कत्ति पनि बिचलित नहुन सुझाउनुभयो । 

कार्यक्रममा मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र जिल्ला समवन्य समितिका प्रमुख छविलाल सिग्देलले न्याय सम्पादनका लागि न्यायिक समितिका पदाधिकारीलाई कानूनी प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा सुर्खेत जिल्लाका नौ स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो । क्षमता अभिवृद्धिको कार्यक्रम कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरिने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने