१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बियो

३१ भाद्र २०७५, आईतवार ११:५७

भदौ ३१, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । 

दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाउन सकेको छैन । मुख्य जनवर्गीय सङ्गठन युवा, विद्यार्थी र महिलामा नेतृत्वका विवादले एकता प्रक्रिया लम्बिएको छ । 

ती सङ्गठनको एकताका लागि गठित कार्यदलले सङ्गठनको नाममा सहमति गरे पनि नेतृत्वमा सहमतिका लागि पटक–पटक बैठक बस्दा समेत टुङ्गो लगाउन सकेको छैन । 

युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) बीच गत शुक्रबार युवा सङ्गठनको कार्यदलमा नामका विषयमा करीब करीब सहमति भए पनि नेतृत्वका विषयमा भने सहमति नभएको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो । युवा सङ्गठनको नेतृत्व र झण्डामा पनि विवाद छ । 

‘राष्ट्रिय युवा सङ्गठन नेपाल’ र ‘युवा सङ्गठन नेपाल’ नाममध्ये एक राख्नेमा सहमति भएको छ । वाइसीएलले ‘राष्ट्रिय युवा सङ्गठन नेपाल’ र युवा सङ्घ नेपालले ‘युवा सङ्गठन नेपाल’ प्रस्ताव गरेका छन् । 

उक्त सङ्गठनको केन्द्रीय कमिटी ३५१ सदस्यीय र स्थापना दिवस २००८ जेठ १ गते हुने कुरामा सहमति भएको छ । नेतृत्वमा वाइसीएलका अध्यक्ष सापकोटा र युवा सङ्घका अध्यक्ष रमेश पौडेलको दाबी छ । 

यसैगरी अर्को विद्यार्थीको जनवर्गीय सङ्गठनमा पनि नेतृत्वमा सहमति हुन सकेको छैन । नाममा ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्वमा विवाद हुँदै आएको छ । चारसय ९९ सदस्यीय कमिटी निर्माण गर्ने अनेरास्ववियुको नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महरको दाबी छ । 

कार्यदलका सदस्य तामाङले नेतृत्वको विवाद पार्टी नेतृत्वलाई सुल्झाउने गरी चाँडै नै प्रतिवेदन पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई बुझाउने बताउनुभयो । यसैगरी महिला सङ्गठनमा पनि नेतृत्वमा सहमति हुनसकेको छैन । उक्तसङ्गठनको कार्यदलकी सदस्य गोमा देवकोटाका अनुसार आज ४७५ जनाको केन्द्रीय कमिटीमा सहमति भए पनि प्रतिनिधित्वको सङ्ख्यामा भागबण्डा भने हुनसकेको छैन । नयाँ बन्ने सङ्गठनको अध्यक्षमा अनेमसङ्घ (क्रान्तिकारी) बाट अमृता थापामगर र अनेमसङ्घबाट सीता पौडेल र राधा ज्ञवालीको दाबी छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते मदन–जीवराज स्मृति दिवसका दिन एकता भएसँगै तल्ला तहको एकता तीन महिनाभित्र गरिसक्ने बताइएको थियो । पहिलो पटक भदौ ५ गतेभित्र पार्टी एकता गर्ने भनिए पनि कसैले पनि प्रतिवेदन नबुझाएपछि भदौ मसान्तका लागि भाखा सारिएको थियो तर भदौ मसान्तमा पनि नेतृत्वमा विवाद आएपछि एकता प्रक्रिया असोजसम्म पुग्ने बताइएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा असोज मसान्तसम्म एकता प्रक्रिया टुङ्ग्याउने बताउनुभएको छ । 

अहिलेसम्म इञ्जिनीयर र निर्माण व्यवसायीको मात्र एकता भएको छ । प्रदेश नंं १ र २ ले पनि एकताका लागि अझै प्रतिवेदन बुझाएका छैनन् । प्रेस सङ्गठन नेपाल, जनसांस्कृतिक महासङ्घ नेपालले पनि प्रतिवेदन बुझाए पनि नेतृत्वमा भने विवाद हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन