२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका ९ स्थानीय तहमा पाँचजना मात्र सचिव !

२०७५, ३१ भाद्र आईतवार १५:५२

भदौ ३१, कालिकोट | जिल्लाका नौ वटा स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ । स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नभएको कारण सेवा प्रभावित हुन पुगेको छ ।दरबन्दी अनुसार स्थानीय तहमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको र स्थानीय तहमा तत्काल कर्मचारीको आवश्यकता रहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

स्थानीय तहका शिक्षा शाखा, कृषि विकास शाखा, पशु विकास शाखा, स्वास्थ्य तथा सरसफाई विकास शाखालगायतका शाखामा दरबरन्दी अनुसार कर्मचारी छैनन् । स्थानीय तहले शाखामार्फत सेवा सुबिधा दिनु पर्ने भएपनि कर्मचारी नहुँदा समस्या भएको छ ।स्थानीय तहमा स्थापना गरिएको शाखाहरुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काममा समस्या भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिमा गरी ८२ वटा वडा कार्यालय रहेको छ । ८२ वडा कार्यालय मध्ये ७७ वडामा सचिव छैनन् ।रास्कोट नगरपालिकामा १, नरहरीनाथ गाउँपालिकामा १, पचालझरना गाउँपालिकामा १, महावै गाउँपालिका १ र पलाँता गाउँपालिकामा १ गरी पाँच जना मात्र वडा सचिव रहेका छन् ।

जिल्लाका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तिलागुफा नरपालिका र शुभकालिका गाउँपालिकामा सचिव पदको दरबन्दीनै छैन् ।खाँडाचक्र नगरपालिकामा ११ वटा वडा कार्यालय रहेको छ । ११ वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिकाभित्र एक जना पनि वडा सचिव छैनन् ।’ उनले भने,‘वडा सचिव नहुँदा दैनिक घटना दर्तामा पञ्जिकाधिकारीको समस्या हुने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने