२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको कर्णाली इन्चार्जमा शर्मा, शर्माले जिम्मेवारीमा नरहने भन्दै फेसबुकमा यस्तो लेखे

२०७५, ५ आश्विन शुक्रबार १६:२७

असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो । 

कर्णाली प्रदेशको जिम्मेवारीमा इन्चार्जमा जनार्दन शर्मा ‘प्रभाकार’ सह–इन्चार्जमा यामलाल कँडेलले पाएका छन् । यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।यी चारजनाले प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । 

तत्कालिन दुई राजनीतिक दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो । यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ । 

सचिव शर्माको असन्तुष्टी 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार कर्णाली प्रदेशमा जिम्मेवारी टुंगाए पनि मायाप्रसाद शर्माले आफू जिम्मेवारीमा नरहने बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने जानकारी गराँछु ।’ 

शर्माले पोष्ट गरेको कमेन्टमा उनका शुभचिन्तक तथा कार्यकर्ताले उचित मुल्याङ्कन नगरेकोमा पार्टीको आलोचना समेत गरिरहेका छन् । पार्टीको स्थायी समिति सदस्य भइसकेको व्यक्तिलाई प्रदेशको सचिव बनाएपछि उनमा असुन्तिष्टी भएको हुन सक्ने नेकपाका एक नेताले जानकारी दिए । ठूलो पार्टीमा यस्ता असन्तुष्टि हुनु स्वभाविकै भएको भन्दै यो समस्या पनि समाधान हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने