२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन: प्रवक्ता शर्मा

२०७५, ६ आश्विन शनिबार ०८:२८

असोज ६, नेपालगञ्ज | नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुभ्mनुपर्छ ।” 

मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गर्नुभयो । 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, “आप्mनो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन,” भन्नुभयो । 

प्रवक्ता शर्माको थप भनाइ थियो,“काँग्रेस अहिले आप्mनो साङ्गठनिक संरचना विस्तारमा सक्रिय रहेको छ । मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने