१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

१० आश्विन २०७५, बुधबार ०३:५७

असोज १०, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ । 

गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो । 

राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताउनुभएको थियो । उहाँले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गर्नुभयो । 

नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनको विषयमा समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन