२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ९३ घण्टा लामो संघीय संसदको दोश्रो अधिवेशन अन्त्य

२०७५, ११ आश्विन बिहीबार ११:००

असोज ११, काठमाडौं | संघीय संसदको दोश्रो अधिवेशन बिहिबार मध्यरातीदेखि सकिएको छ ।

बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहिबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् । 

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । दोश्रो अधिवेशन गत वैशाख २३ गते आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो ।

यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५÷७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मत पास गरेको थियो ।

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ ।

दर्ता भएका विधेयकमध्ये १८ वटा विधेय संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन् । त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ ।

राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ ।

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्थाअनुसार गत भदौ १८ गते बाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो ।

यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौंता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसैगरी विभिन्न संबैधानिक निकायका बार्षिक प्रतिवेदन पनि यो अधिवेशमान बैठकमा पेश भएका छन् ।

यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने