१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ९३ घण्टा लामो संघीय संसदको दोश्रो अधिवेशन अन्त्य

११ आश्विन २०७५, बिहीबार ११:००

असोज ११, काठमाडौं | संघीय संसदको दोश्रो अधिवेशन बिहिबार मध्यरातीदेखि सकिएको छ ।

बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहिबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् । 

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । दोश्रो अधिवेशन गत वैशाख २३ गते आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो ।

यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५÷७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मत पास गरेको थियो ।

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ ।

दर्ता भएका विधेयकमध्ये १८ वटा विधेय संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन् । त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ ।

राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ ।

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्थाअनुसार गत भदौ १८ गते बाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो ।

यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौंता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसैगरी विभिन्न संबैधानिक निकायका बार्षिक प्रतिवेदन पनि यो अधिवेशमान बैठकमा पेश भएका छन् ।

यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन