१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरणको नतिजा छिट्टै आउँछ: गृहमन्त्री

११ आश्विन २०७५, बिहीबार ११:१०

असोज ११, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । 

उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो । महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण नगर्न आग्रहसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, “महिला हिंसालाई बढवा गर्ने तत्वका रुपमा रहेका मदिरा नियन्त्रण, लागुपदार्थ निषेध र अश्लिल प्रकारका विद्युतीय सामग्रीलाई बन्द गरिनुपर्छ, यसमा सरकारले गृहकार्य गरिराखेको छ ।” गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्ने पूँजीवादी संस्कारले गर्दा महिला हिंसा बढेका हो भन्नुभयो । गृहसचिव प्रेम राईले महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि अन्तर मन्त्रालयको समन्वय र बजेटमा समेत वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिलाले आफूमाथि हुने हिंसालाई प्रहरीकहाँ दर्ता गराउनेक्रम बढेको दाबी गर्दै महिला हिंसा अन्त्य गर्न प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म कार्य सम्पादन गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन