१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको सवारीका लागि यी बाटो खाली गरिँदै

१८ आश्विन २०७५, बिहीबार १०:३८

असोज १८, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई केहीबेरमा काठमाडौं आइपुग्दै छन् ।

प्रधानमन्त्री ओलीको सवारीका लागि काठमाडौंका केही बाटाहरु दुईतर्फी रुपमै बन्द गरिन लागेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले दिउँसो ४ बजेदेखि १५–२० मिनेटका लागि प्रधानमन्त्रीको सवारीका क्रममा पर्ने रुटहरु प्रभावित हुनेछ ।

महाशाखाले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश अबको केही समयमा एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी, बालुवाटार आसपास भएर चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा प्रभावित हुने जनाएको छ । साथै त्यस समयमा वैकल्पिक मार्ग सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली पौने चार बजे त्रिभुवन विमानस्थल आइपुग्ने पुग्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन