२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दलाली र भ्रष्ट सोच त्यागौं’

२० आश्विन २०७५, शनिबार ०१:३३

असोज २०, कालिकोट | स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा सदरमुकाम मान्ममा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले ठुलो वलीदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको औंल्याएका छन् ।

भ्रष्ट्राचारवाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउदै मुख्यमन्त्री शाहीले प्रश्न गरे ‘कामै नगरि गोजिमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’ भ्रष्टाचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढेको मुख्यमन्त्रीले चिन्ता व्यक्त गरे । स्थानीय जनप्रतिनिधिहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुने बताए । कर्णालीको समृद्धिका लागि सवै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी शाहीले बताए । प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफुले पनि ढुंगा बोक्ने गरेको उनको भनाई छ । मुख्यमन्त्रीले ढुंगा बोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफुलाई थाहा भएको बताउदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हाँशील नहुने उल्लेख गरे ।


आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाहीले पनि सहभागी थिए । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता