१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश एकको नामको बिषयमा छलफल, राजधानी ईटहरीलाई केन्द्रविन्दुमा राख्दा उपयुक्त

२१ आश्विन २०७५, आईतवार ०२:५५

असोज २१, इटहरी (रासस) | नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । 

प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो । 

उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने तर्क एवं सान्दर्भिकता हुने जिकिर गर्नुभएको छ । 

प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसदहरू सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, तुलसीप्रसाद न्यौपाने, राजन राई, लिलम बस्नेत, वसन्तदेवी चौधरी, बीना राईलगायतको सहभागिता रहेको थियो । 

उक्त अवसरमा सांसदहरूले प्रदेशको नामसँगै प्रदेश नं. १ को राजधानी इटहरीलाई केन्द्रविन्दुमा राखेर निधो गर्दा उपयुक्त हुने तर्कसमेत अघि सारिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन