१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

२१ आश्विन २०७५, आईतवार ०३:०२

असोज २१, बैतडी (रासस) | बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् । 

केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि शुरुवात गरेका भए पनि धेरैजसो ठाउँमा सहकारी ऐन निर्माणको काम नै शुरु हुनसकेको छैन । सहकारी ऐन निर्माणका लागि कर्मचारीको अभाव रहेको डिलाशैनी गाउँपालिकाका कृषि शाखा प्रमुख जनकबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भएका भए पनि ऐन भने बन्न सकेको छैन”, सहकारी संस्था दर्ताका लागि अहिलेसम्म कोही नआएको र ऐनसमेत नबनेको दशरथचन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताउनुभयोे । उहाँले भन्नुभयो, “नगरपालिकाले सहकारी ऐन बनाउने तयारी गरिरहेको छ ।” 

जिल्लाका १० वटै स्थानीय तहमा सहकारी ऐन बन्न सकेको छैन । स्थानीय तहमा सहकारी हस्तान्तरण भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेका साविकको डिभिजन कार्यालयका तत्कालीन प्रमुख दुर्गासिंह धामीले जानकारी दिनुभयो । स्थानीय तहमा सहकारी ऐन नहुँदा सहकारीलाई अप्ठयारो भएको सुनौलो बचत तथा ऋण सहकारी संस्था पाटन बैतडीका अध्यक्ष केशव विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन