१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रदेशमा लगानी गर्न केन्द्र सरकार बाधक’

२३ आश्विन २०७५, मंगलवार १५:५४

असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बहुपक्षीय बैठकमा दातृ निकायका प्रमुखहरुले वैदेशीक सहयाता सम्वन्धी प्रदेश सरकारलाई केन्द्र सरकारले लगाएको लगमा बारे स्पष्ट हुनु पर्ने बताएको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् । उनले कर्णालीमा ठूला लगानी गर्न साझेदार निकाय इच्छुक रहेको उनको भनाई छ । लगानी गर्न दातृ निकायका प्रमुखहरुले कर्णाली प्रदेश सरकारका प्राथमिकताका क्षेत्रहरु जान्न खोजेको प्रदेश बताएकी प्रदेश सरकार प्रवक्ता केशीले भनिन्, ‘लगानी प्रवद्र्धन गर्न संघीय सरकारको नीतिसंग नबाझिनेगरि प्रदेश सरकारले लगानी मैत्री नीति निर्माण गर्नमा अग्रसर छौं ।’


बहुपक्षीय बैठकमा बैदेशिक सहायता कर्णाली प्रदेशमा भित्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई फोकलपर्सन तोकेको छ । कर्णाली प्रदेश सरकार र दातृ निकायका प्राविधिक जनशक्ति रहने गरी विज्ञ बैंक स्थापना गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । कर्णाली प्रदेशमा स्थापना गरिने विज्ञ बैंकले समृद्ध कर्णाली प्रदेश निर्माण गर्नमा अधिकतम सम्भावनाहरुको खोजी गर्ने निर्णय भएको मन्त्री ज्वालाको दावी छ । दोस्रो चरणमा बस्ने बैठकमा कर्णाली प्रदेश सरकारले प्रोजेक्ट बैंक स्थापना गर्ने निर्णय गरेको मन्त्री ज्वालाको भनाई छ । उनले बाँकेको जमुनहा–कोहलपुर–सुर्खेत हुदै हुम्लाको हिल्सा सडक प्रादेशिक महत्वको सडक भएको हुँदा उक्त सडकलाई चारलेन सडकमा विकास गर्नुपर्ने बताए ।

कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा युएफआईडी, विश्व बैंक, युरोपियन युनियन, युएनडिपीका एशिया निर्देशकहरु सहभागिता बहुपक्षीय बैठक सम्पन्न गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन