१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन हुने: मुख्यमन्त्री राउत

२४ आश्विन २०७५, बुधबार ०६:११

असोज २३, सिरहा । मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ । 

सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो । 


शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,‘ कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । 

प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो । त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । 

संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो । 


कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो। 

उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन