१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को राजधानीबारे बढ्यो यस्तो सम्भावना

२४ आश्विन २०७५, बुधबार ११:०४

असोज २४, काठमाडौँ | प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । 

संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ ।

गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विशेष समितिले यस प्रदेशका १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो । तिनमा भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्ला प्रस्तावित छन् । 

पूर्वाधारको विकास, हावापानी, सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई आधार मानेर प्रदेशसभाले सकेसम्म सहमतिमा नभए दुई तिहाइ बहुमतबाट निर्णय लिनेछ । 

उक्त कार्यदलले गत असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन सभालाई बुझाएको भए पनि अहिलेसम्म विभिन्न प्राविधिक कारणले राजधानीको टुङ्गो लगाउन छलफल भएको थिएन । यी पाँच जिल्लामध्येबाट नै राजधानी तोक्ने लगभग निश्चित भएको समिति सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । कूल ११० सदस्य भएको प्रदेशसभामा ७३ सदस्यको निर्णय दुई तिहाइ हुनेछ । 

नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अस्थायी मुकाम तोकेको मकवानपुरका पक्षमा मतदान गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको बताउँदै स्वतन्त्रतापूर्वक मतदान गर्न दिएमा आफूले काभ्रेपलाञ्चोकमा मतदान गर्ने विचार व्यक्त गर्नुभयो । 

सो विषयमा निर्णय लिनका लागि मतदान तीन प्रकारले हुनेछ । ध्वनि मतदानबाट हात उठाएर, हुन्छ र हुन्न भन्ने पक्ष परक फरक ढोकाबाट प्रवेश गरेर मतदान र विद्युतीय मतदान गरिने छ । विद्युतीय मतदान प्रक्रियामा स्वतन्त्र मत खसाल्न पाइए पनि त्यसबाहेकका अन्य दुई प्रक्रियामा पार्टीको निर्देशन बाहिर जान नसकिने हुन्छ । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने कार्य प्रदेशसभालाई जिम्मा दिएको समिति सदस्य मानन्धरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन