१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा, को-को परे ?

२५ आश्विन २०७५, बिहीबार ०२:४६

असोज २५, काभ्रेपलाञ्चोक | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । 

जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला तथा स्थानीय कमिटी चलायमान बनाउने निर्णय गरेको हो । 

बैठकले साविक एमालेका जिल्ला इञ्चार्ज ईश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उपसचिव इन्द्रबहादुर तामाङ तथा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङ, सहइञ्चार्ज तेजबहादुर मिजार, गङ्गाबहादुर दोङ, दीनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको कमिटीलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ । स्थानीयस्तरका पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न उक्त कमिटीलाई निर्देशन दिने निर्णय भएको पनि कार्यालय सचिव वसुन्धरा हुमागाईंले जानकारी दिनुभयो ।  

- रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन