२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरका सबै स्थानीय तहमा नेकपाको संयन्त्र

२०७५, २६ आश्विन शुक्रबार १७:३२

असोज २६, कावासोती | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपुरका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपाले जिल्लामा रहेका नगरपालिकामा आठ र गाउँपालिकामा छ जना रहने गरी संयन्त्र गठन गरेको हो । 

स्थानीय तहका संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीका काम पूरा गर्ने जिम्मेवारी दिएको छ । पार्टी एकता टुङ्ग्याउनका लागि निर्माण गरिएको नेकपा नवलपुर संयन्त्रको रहजरमा बसेको बैठकले स्थानीय तहको संयन्त्र गठनसँगै पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा राख्ने निर्णय गरेको छ । कार्यालय सचिवमा नारायणप्रसाद तिमिल्सेना र सुष्मा खनाललाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ । 

पहिलेका दुवै पार्टीको चलअचल सम्पत्ति, भएका भौतिक सामग्री र ऋणधन वासलात तयार गर्न दुवै कार्यालय सचिव र लेखासम्बन्धी विष्णु लम्साललाई जिम्मेवारी दिने निर्णयसमेत भएको केन्द्रीय सदस्य महतले बताउनुभयो । 

वडा वडामा संयन्त्र गठन गर्न स्थानीय तहमा रहेको संयन्त्रबाट छ जनाको वडा संयन्त्र निर्माण, तिहारभित्र वडा कार्यालय गठन, वडास्तरमा शुभकामना आदानप्रदान तथा पार्टी एकता सन्देश कार्यक्रम सक्ने र कात्तिक १७ गते जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कावासोतीमा गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य महतले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने