२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

३५ वुँदे घोषणा पत्र जारी गर्दै मुसिकोटको वौद्धिक सम्मेलन सकियो

२०७५, ५ कार्तिक सोमबार ०९:०१

कमल पौडेल | कार्तिक ५, गुल्मी | मुसिकोट नगरपालीकाले आयोजना गरेको वौद्धिक सम्मलेन ३५ वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। ‘कृषि पर्यटन, पूर्वाधार, र रोजगार, मुसिकोट नगरपालिका समृद्धिको आधार‘ भन्ने नारा सहित वामी टक्सारमा दुई दिनसम्म आयोजना गरिएको सो सम्मेलनले पाँचवटा मुख्य वुँदा र नौं वटा सहायक वुँदा सहित उक्त ३५ बुँदे घोषणपत्र जारि गरेको हो । 


सम्मेलनले सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक सेवा तथा सुशासन बुँदामा घोषणा पत्र तयार गरेको मुसिसकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ । मुसिकोट नगरपालिकामा जन्म भई देश तथा विदेशका विभिन्न स्थानमा रहेका विभिन्न क्षेत्रका सयौं वौद्धिक व्यक्तित्वहरुको भेलाले मुसिकोट नगरपालीकाको विकास र संमृद्धिको खाका तयार गरेको हो ।

घोषणा पत्रमा कला संस्कृतिको संरक्षण गर्न संग्रालय स्थापना गर्ने, खुल्ला तथा दुर शिक्षाका माध्यमवाट स्नातकोत्तर तहको कार्यक्रम संचालन गर्ने, प्रत्येक विद्यालयमा नर्स सहितको व्यवस्था गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्ने, बागलुङको खारदेखि रुद्रवेणीसम्म बडिगाड खोलामा र्याफ्टीङ् संचालन गर्ने, जडिवुटिमा आधारीत औषधि उद्योग स्थापना गर्ने, जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, नगरपालिकामा दमकल एम्वुलेन्स व्यावस्था गर्ने लगायतका विषय वस्तुहरु समावेश गरिएको छ । 

वौद्धिक सम्मेलनमा सात वटा विषय वस्तुहरुमा आधारित रहेर कार्यपत्र तयारगरि छलफलको माध्यमवाट निष्कर्ष सहित उक्त घोषणा पत्र जारि गरिएको हो । घोषणा पत्रले मुसिकोट नगरपालीकाले आगामी छ महिना भित्रमा तयार गर्न लागेको नगरको गुरुयोजनालाई मार्ग निर्देश गर्न थप मद्दत पुग्ने सम्मेलन आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताउनु भएको छ ।

घोषणा पत्र तयार गर्नका लागि प्रा.डा. ताराप्रसाद सापकोटाको संयोजकत्वमा प्रा.डा. जिवलाल सापकोटा, प्रा.डा. पारसमणि भण्डारी, प्रा.डा. बुद्ध थापा र सह प्रा.डा. ज्ञान वहादुर थापा रहेको ५ सदस्यीय घोषणा पत्र तयारी समितिको गठन गरिएको थियो । आइतवार नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीद्वारा उद्घाटन गरिएको सो सम्मेलनको सोमवार पूर्व उप प्रधानमन्त्रि टोप वहादुर रायमाझीले समापन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने